सोमबार, जेठ १८, २०८३

खोपको लाइनमा बस्दा बेहोस, अस्पताल पुग्नासाथ मृत्यु

जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो स्वास्थ्य कार्यालय मोरङले कारागारमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम राखेको थियो। खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

विराटनगर- जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो स्वास्थ्य कार्यालय मोरङले कारागारमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम राखेको थियो।

National life

खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए। सोही लाइनमा मोरङ रतुवामाइ नगरपालिका-५ का ५२ वर्षीय धनबहादुर गुरुङ पनि थिए। 

खोप लगाउनुभन्दा अगाडि उनी बेहोस भएर ढले। तत्काल उपचार गर्न कोशी अस्पताल पुर्‍याउँदा उपचारको क्रममा मृत्यु भएको मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए। मृतक गुरुङ दीर्घ रोगी रहेको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै आएको बताइएको छ। 

जवरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो। उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए। मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड १९ विरूद्धको खोप लगाएको जेलर पोखरेलले जानकारी दिए।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागरामा सोमबार पनि एक जना कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको थियो। लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरानका ३० वर्षीय सुवास लिम्बूको कोशी अस्पतालमा मृत्यु भएको जेलर पोखरेलले बताए। मोरङ कारागारमा २ सय ५० जना क्षमताको भए पनि अहिले ९ सय ३७ जना कैदीबन्दी रहेका छन्।

Shivam cement

प्रकाशित: Aug 18, 2021| 13:30 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।