शुक्रबार, जेठ १, २०८३

फिल्म ‘शुभ लभ’ ट्रेलर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चैत्रको १५ गतेबाट रिलिज हुने चलचित्र ‘शुभ लभ’को ट्रेलर सोमबार रिलिज भएको छ। चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ। 

प्रदिपकुमार उदयको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ। 

धर्मराज शर्मा सुवेदीद्वारा निर्मित चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन्। चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको समपादन रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्