मंगलबार, मंसिर २, २०८२

ओस्कार अवार्ड २०१९ : ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र, कसले के जिते?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित ‘ग्रीन बुक’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको छ। ‘ग्रीन बुक’ले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार हात पारेको हो।

चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पारे। यसै चलचित्रले सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि हासिल गरेको छ। 

सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले हात पारे। सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए। पहिलो पटक अवार्डका लागि मनोनयनमा परेका रामीले सबैलाई पछि पार्दै उपाधि जितेका हुन्।

सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन्। उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी अभिनेत्री हुन्। उनले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड पनि जितिसकेकी छन्। 

चलचित्र ‘रोमा’ बाट अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए। कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन्। सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङले हात पारेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्