मंगलबार, मंसिर २, २०८२

सरसफाइमन्त्री बन्न चाहन्छिन् दीपिका पादुकोण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – दीपिका पादुकोण अचेल निकै खुसी छिन्। २० फेब्रुवरीमा लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ को आयोजना भएको थियो। यस अवार्डमा दीपिकाको पनि उपस्थिति थियो। अवार्ड समारोहका तस्बिर यति बेला सामाजिक सञ्जालमा छाएको छ।  समारोहमा दीपिका ह्वाइट कलरको साडीमा सरिक भएकी थिइन्। समारोहमा विभिन्न कलाकारहरुलाई सम्मानित गरिएको थियो। त्यस अवसरमा दीपिकालाई विभिन्न प्रश्न सोधिएको थियो। दीपिकालाई राजनीति प्रश्न सोधिएकोमा उनले त्यसमा पनि खुलेर कुरा गरेकी थिइन्।

दीपिकालाई तपाईं राजनीतिमा आउनुभयो भने के गर्नुहुन्थ्यो भनी प्रश्न सोधिएको थियो। उनले उत्तरमा– ‘मलाई राजनीतिका बारेमा धेरै जानकारी छैन। मलाई अवर प्राप्त भयो भने म स्वच्छ भारतको मन्त्री बन्न चाहन्छु। मलाई सरसफाइ गर्न निकै मन पर्छ। त्यसैले म सरसफाइमन्त्री बन्न चाहन्छु।’

उनले आफ्नो बचपनको एउटा कथा किस्सा सुनाउँदै भनिन्, ‘जब म सानी थिएँ। सबै मलाई आफ्नोमा बस्न बोलाउँथे। त्यसरी बोलाउँदा मलाई लाग्थ्यो म निकै फेमस छु। पछि मात्रै मलाई थाहा भयोकी उनीहरु आफ्नो बेड र इलमारी सफा गर्नका लागि मलाई बोलाउँथे। म जहिले पनि घरमा हुँदा सरसफाइमा विषेश ध्यान दिने गर्छु।’ उनले आफू मुम्बाई आउँदा १८ वर्षकी मात्र रहेको बताउँदै आफूलाई यो सहरले थुप्रै कुरा दिएको बताइन्। त्यसैले यो सहरलाई आफूले सधैं सफा राख्न चाहेको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्