आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

Machhapuchchhre

काठमाडौं क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उहाँले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गरे।

कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने उनको भनाइ थियो। उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति उनको भनाइ थियो।

मन्त्री खनालले काठमाडौँ क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे। काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उनको भनाइ थियो।

फरक एक प्रसङ्गमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भई नसकेको बताए।

सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री खनालले भने, “छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन”, उनले भने।

परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने उनकाे भनाइ थियो।

प्रकाशित: Nov 29, 2026| 20:27 आइतबार, मंसिर १३, २०८३