शुक्रबार, मंसिर ११, २०८३

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : डा. शशांक कोइराला

 |  शुक्रबार, मंसिर ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ११, २०८३

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन्।

Machhapuchchhre

नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उदघाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महाधिवेशन सम्पन्न गर्न लागेको बताएका हुन्। 

उनले नेपालमा अहिलेको अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए।

डा.कोईरालाले आर्थिक तथा बहुदलिय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले बसाएको उल्लेख गरे।

उनले भने,‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँ गाँउमा बाटो, विजुली, शिक्षा, स्वस्थ्यको आधारशिला तयार पारेको हो। त्यही सरकारले विश्वविद्यालयको संख्या एयरलाइन्सको संख्या बृद्धि गरेको हो।’

उनले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको बताए। 

उनले नेपाली कांग्रेसका आदर्श सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेटन सके कांग्रेस बलियो बन्ने बताए।

प्रकाशित: Nov 27, 2026| 17:30 शुक्रबार, मंसिर ११, २०८३