शुक्रबार, मंसिर ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

 |  शुक्रबार, मंसिर ११, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ११, २०८३

काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ। यसक्रममा अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ।

Machhapuchchhre

उक्त पक्षले शुक्रबार विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ।

महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन्।

सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ।

यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन्।

यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ।

मंसिर ११, २०८३

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको वैठकको निर्णय अनुसार मूल तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले मंसिर २१, २२ र २३ गते हुने नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनका लागि प्रचार प्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महत, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य श्री एन.पी.साउद, प्रशासन समन्वय एवं स्वंय सेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य श्री मोहनबहादुर वस्नेत, साँस्कृति समितिको संयोजकमा केन्द्रीय सदस्य श्री विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्कीलाई मनोनयन गर्नु भएको जानकारी गराईन्छ। धन्यवाद। जय नेपाल !

दीपकप्रसाद कुइकेल

संयोजक

सचिवालय समन्वय समिति

प्रकाशित: Nov 27, 2026| 16:09 शुक्रबार, मंसिर ११, २०८३