बिहीबार, मंसिर १०, २०८३

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम तेस्रो स्थानमा

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ।

Machhapuchchhre

प्रधानमन्त्री बालेनको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन्।

जसअनुसार यसअघि सातौं स्थानमा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन्।

दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत छन्। यसअघि तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा र चौथोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौंमा पुगेका छन्।

गृहमन्त्री सुधन गुरुङ छैटौंमा र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौं स्थानमा कायम भएका राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रिपरिषद्को अन्तिम नम्बरमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव छन्।

यसअघि बालेन नेतृत्वमा मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको थियो। 

यस्तो हेरफेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट मन्त्री र बालेन निकट मन्त्रीहरूको मर्यादाक्रम तलमाथि गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ।

प्रकाशित: Nov 26, 2026| 18:39 बिहीबार, मंसिर १०, २०८३