बिहीबार, मंसिर १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

धादिङ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापनमा सरकार असफल भएको बताएका छन्।

Machhapuchchhre

सुकुम्बासी समस्यालाई सरकारले नै सुरु गरेर अलपत्र छाडेको र अलपत्र अवस्थामा रहेको सुकुम्बासीको समस्या स्थायी समाधानका लागि ठोस योजना नल्याइएको बताए।  

‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना, नीति ल्याउन सकेको छैन,’ उले भने ‘सुकुम्बासीहरू अलपत्र स्थितिमा रहेको अवस्था छ। ‘प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेको छ। यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो’ महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए। 

धादिङमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पौडेलले बढ्दो मूल्यवृद्धि, बाढीपछिको पुनर्निर्माण तथा संसदीय भूमिकाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए। ‘महँगीले जनजीवन अत्यन्तै कष्टकर भएको स्थिति छ,’ उनले भने, ‘एक बोरा चामलको जति मूल्य पथ्र्यो, अहिले त्यसको एक हजारभन्दा बढी मूल्य पर्ने स्थिति बनेको छ।’ 

तरकारी र फलफूलसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा पनि सरकार गम्भीर नबनेको आरोप लगाए। नयाँ गर्छु, जनतालाई सेवा पु¥याउँछु, सरकारको उपस्थितिको महसुस गराउँछु भन्ने सरकारले छोटो समयमा जति मूल्य वृद्धि भयो त्यसतर्फ ध्यान दिन नसकेको उनको टिप्पणी थियो। 

बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

प्रकाशित: Nov 26, 2026| 12:10 बिहीबार, मंसिर १०, २०८३