शनिबार, साउन १६, २०८३

समलिंगी प्रधानमन्त्रीकी प्रेमिका सुत्केरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सर्बिया – सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिका मिलिका जोर्डकले बच्चा जन्माएकी छन्। उनले छोरा जन्माएको र नाम इगोर राखिएको बताइएको छ ।

४३ वर्षकी एना समलिंगी हुन्। एना २०१७ को जुनमो सर्बियाको पहिलो महिला तथा समलिंगी प्रधानमन्त्री बनेकी थिइन्। आमा र शिशुको स्वास्थ्य राम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चार उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर शिशु जन्मिएको पुष्टि गरेको छ। 

पेशाले डाक्टर रहेकी एनाकी प्रेमिका मिलिका कृत्रिम गर्भाधान प्रविधि मार्फत गर्भवती भएकी हुन्। देशको कानुनमा विवाह महिला र पुरुषबिच मात्रै हुने उल्लेख गरिएको छ।

समलिंगी विवाहले कानुनी मान्यता नपाएको देश सर्बियाको प्रधानमन्त्रीमा एना निर्वाचित हुनुलाई आश्चर्यको रुपमा लिइएको थियो।

विश्वको इतिहासमा देशको प्रधानमन्त्री वा राष्ट्रपति पदमा रहेका बेला कुनै पनि समलैंगिक नेताको पार्टनरले सन्तान जन्माएको यो पहिलो पटक हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।