बिहीबार, मंसिर ३, २०८३

नेपाली कांग्रेस देउवा समूहको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ

 |  बिहीबार, मंसिर ३, २०८३

अजितकुमार झा

अजितकुमार झा

बिहीबार, मंसिर ३, २०८३

इनरुवा- नेपाली काङग्रेस देउवा समूहको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार सम्पन्न भएको पार्टीको नियमित १५ औँ महाधिवेशनबाट सुनसरी सभापतिमा श्रेष्ठ चयन भएका हुन्। त्यसै गरी जिल्ला सचिवमा मनिष राई र सह–सचिवमा रोशनकुमार खड्का चयन भएको पार्टीले जनाएको छ। 

Machhapuchchhre

युवा परिचालन, विद्यार्थी राजनीति, पार्टी सङ्गठन, विदेशमा जनसम्पर्क विस्तार र सामाजिक अभियान हुँदै जिल्ला नेतृत्वसम्म आइपुगेका श्रेष्ठको राजनीतिक यात्रा लामो र विविध जिम्मेवारीले भरिएको छ। 

देउवा समूहले यस अघि श्रेष्ठलाई सुनसरी जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो। संयोजकका रूपमा जिल्लाभर सङ्गठन विस्तार, अधिवेशनको तयारी तथा विभिन्न तहमा नेतृत्व चयन प्रक्रियामा समन्वय गर्दै आएका श्रेष्ठ अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। 

लामो समयदेखि नेपाली काङग्रेसको सङ्गठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय श्रेष्ठको राजनीतिक यात्रा युवा परिचालनबाट सुरु भएको हो।

प्रकाशित: Nov 19, 2026| 09:12 बिहीबार, मंसिर ३, २०८३