बुधबार, मंसिर २, २०८३

आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश

 |  बुधबार, मंसिर २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

Machhapuchchhre

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो। तर पूर्ण आदेश भने सार्वजनिक भइसकेको छैन।

बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो। 

कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो। 

प्रकाशित: Nov 18, 2026| 15:43 बुधबार, मंसिर २, २०८३