मंगलबार, मंसिर १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचनको तयारी र संगठन परिचालन एमालेको राष्ट्रिय भेलाको मुख्य एजेन्डा

स्थानीय निर्वाचनको तयारी र संगठन परिचालन एमालेको राष्ट्रिय भेलाको मुख्य एजेन्डा

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं। नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय भेला गर्ने भएको छ।

Machhapuchchhre

मंगलबार बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले राष्ट्रिय भेलाको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले केन्द्रीय कमिटीको बैठक आगामी ४ गते बस्ने निर्णय गरेको पनि उनले बताए।

भट्टका अनुसार आगामी बुधबार र बिहीबार हुने राष्ट्रिय भेलामा पार्टी अध्यक्षले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, वरिष्ठ नेताले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

उपाध्यक्ष रामबहादुर थापाले कम्युनिस्ट आन्दोलन र संसदीय संघर्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहितको प्रस्तुति उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन्। पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने निर्णय भएको भट्टले बताए।

उनले राष्ट्रिय भेलाको मुख्य विषय स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालन रहने बताए।

‘स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई कसरी परिचालित गर्ने भन्ने विषय नै छलफल भयो। आजको यो बैठकले यिनै विषयमा समसामयिक छलफल गर्‍यो,’ उनले भने।

राष्ट्रिय भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा जानकारी गराएको पनि भट्टले बताए।

उनले स्थानीय निर्वाचनमा कसरी जान सकिन्छ भन्ने विषयमा भेलाबाट सुझाव लिइने जानकारी दिए।

‘भोलिको विशेष गरी यो भेला किन केन्द्रित भएको छ भने स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई कसरी परिचालित गर्ने भन्ने विषय नै यसको महत्वपूर्ण पाटो हो। तल स्थानीय निर्वाचनमा कसरी जान सकिन्छ सुझाव लिने कुरा हुन्छ,’ उनले भने।

पार्टी पुनर्गठनको विषय भने राष्ट्रिय भेलामा नउठ्ने भट्टले स्पष्ट पारे।

‘पुनर्गठनका विषयमा त पहिले नै केन्द्रीय समितिले टुंग्याइसकेको विषय भएकोले त्यहाँ त्यो विषय उठ्दैन,’ उनले भने।

प्रकाशित: Nov 17, 2026| 17:41 मंगलबार, मंसिर १, २०८३