मंगलबार, मंसिर १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

प्रधानमन्त्री शाह राजकीय भ्रमणमा भारत जाँदै, मोदीसँग आधा घण्टा वार्ता गर्ने

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने भएका छन्। 

Machhapuchchhre

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ।

भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

प्रकाशित: Nov 17, 2026| 07:31 मंगलबार, मंसिर १, २०८३