सोमबार, कात्तिक ३०, २०८३

भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुख अर्यालको भेट

 |  सोमबार, कात्तिक ३०, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३०, २०८३

सर्लाही। सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेसँग भेट गरेका छन्।

Machhapuchchhre

सोमबार सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन्।

भेटका क्रममा उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

प्रकाशित: Nov 16, 2026| 16:34 सोमबार, कात्तिक ३०, २०८३