सोमबार, कात्तिक ३०, २०८३

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

 |  सोमबार, कात्तिक ३०, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३०, २०८३

जनकपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन्।

Machhapuchchhre

जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन्। 

सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए। सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न शुभकामना दिए। सभापति लामिछानेले उक्त पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिए।

यता, सांसद सिंहले आजबाट सुरु गरेको पदयात्रा पहिलो चरणको मात्र भएको बताए। 

उनले माघ एक गत्ते यो पदयात्रा समाप्त हुने र त्यसपछि दोस्रो चरणमा आगामि बैसाखमा मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्ने जानकारी गराए। उनले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताए। सांसद सिंहले यस पदयात्रामा हरेक जातजाती, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसंगको अपेक्षा एवम गुनासो सुन्ने बताए। उनले जनताले भनेको सम्पूर्ण कुरा उल्लेख गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाए।

प्रकाशित: Nov 16, 2026| 13:27 सोमबार, कात्तिक ३०, २०८३