आइतबार, कात्तिक २९, २०८३

बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षणमा जोड : सभामुख अर्याल

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका छन्। 

Machhapuchchhre

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनताका आवाज र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताए। 

तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा आराधना गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सूर्यदेव र छठी माताको विधिपूर्वक पूजा गर्नु यस पर्वको मौलिक विशेषता भएको बताए।

सभामुख अर्यालले यस वर्ष भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडा र कठिनाइलाई समेत आत्मसात् गर्नुपर्ने बताए। उनीहरूको पुनःस्थापना र जनजीवन सामान्य बनाउन राज्यका सबै निकाय तथा समुदायबीच सहयोग, सहकार्य र एकता आवश्यक रहेको उनले बताए। 

सूर्य, पृथ्वी र जलप्रतिको श्रद्धा तथा भक्तिले मौलिक संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्तता प्रदान गर्ने उनले बताए। पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने यस पर्वले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरे।

प्रकाशित: Nov 15, 2026| 11:01 आइतबार, कात्तिक २९, २०८३