आइतबार, कात्तिक २९, २०८३

एमालेले मंसिर २ देखि ५ गतेसम्म केन्द्रीय कार्यक्रम आयोजना गर्ने

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं- नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। 

Machhapuchchhre

पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

प्रकाशित: Nov 15, 2026| 10:31 आइतबार, कात्तिक २९, २०८३