शुक्रबार, कात्तिक २७, २०८३

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं। सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

Machhapuchchhre

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

प्रकाशित: Nov 13, 2026| 17:13 शुक्रबार, कात्तिक २७, २०८३