काठमाडौं। नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन तथा आपसी सहकार्यका क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।