बुधबार, कात्तिक २५, २०८३

प्रचण्डद्वारा फाल्गुनन्दको जन्मजयन्तीमा शुभकामना व्यक्त

 |  बुधबार, कात्तिक २५, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २५, २०८३

Machhapuchchhre

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा किरात धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले सत्य, अहिंसा, शान्ति र सामाजिक सद्भावका प्रवद्र्धक महागुरु फाल्गुनन्दको समाज सुधार, कुरीति र कुसंस्कारको अन्त्य तथा भाषा, संस्कृति र पहिचानको संरक्षणमा पु¥याएको योगदान सधैँ प्रेरणादायी रहने बताएका छन्।

महागुरुका विचार र आदर्शलाई आत्मसात् गर्दै सामाजिक एकता, सद्भाव र समुन्नत समाज निर्माणमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन्।

प्रकाशित: Nov 11, 2026| 14:01 बुधबार, कात्तिक २५, २०८३