शुक्रबार, कात्तिक २०, २०८३

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन्। 

Machhapuchchhre

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो। 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ। साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौँ) र चन्द्रबहादुर सारू (अर्घाखाँची) लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने सङ्घीय संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिएका छन्। 

यसैगरी, पूर्वाधार विकास समितिको हलमा आजै बिहान ९ः३० बजे बस्ने हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा विपद्पछिको अवस्थाबारे मन्त्रालयहरूसँग छलफल हुनेछ। बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची तय गरिएको छ।

प्रकाशित: Nov 06, 2026| 08:27 शुक्रबार, कात्तिक २०, २०८३