बिहीबार, कात्तिक १९, २०८३

सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  बिहीबार, कात्तिक १९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १९, २०८३

Machhapuchchhre

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो।

बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका पारित गर्ने र उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यक्रम पनि रहेको समितिले जानकारी दिएको छ।

प्रकाशित: Nov 05, 2026| 07:18 बिहीबार, कात्तिक १९, २०८३