काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल गर्ने भएको छ।
समितिले आज दिउँसो १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समिति कक्षमा बैठक बोलाएको छ।
बैठकमा मेलमिलापसम्बन्धी विधेयकमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।
छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन मन्त्रालयका सचिव, सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालयका रजिस्ट्रारहरू, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख र काठमाडौं जिल्ला अदालतका श्रेस्तेदारलाई आमन्त्रण गरिएको छ।
समितिका सचिव रामहरि थापाले बैठकमा उपस्थितिका लागि समिति सदस्य तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन्।