सोमबार, कात्तिक १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो।

कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संविधान र कानुनभन्दा माथि रहेर शासन सञ्चालन गर्न नपाइने बताइन्। उनले पत्रकारमाथि समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताइन्।

कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ। साथै, विवादित सरकारी गतिविधिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको छ।

प्रकाशित: Nov 02, 2026| 12:20 सोमबार, कात्तिक १६, २०८३