सोमबार, कात्तिक १६, २०८३

आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएका छन्।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि अन्य विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १: ३० बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिले तयार पारेका प्रतिवेदनमाथि छलफल गरिने समितिले जानकारी दिएको छ।

प्रकाशित: Nov 02, 2026| 08:02 सोमबार, कात्तिक १६, २०८३