काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन्।
बैठक बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने खरेलले जानकारी दिएका छन्।