मंगलबार, मंसिर २, २०८२

अन्तर्राष्ट्रिय मिडियामा पशुपतिको चर्चा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- चर्चित गायक पशुपति शर्माको 'लुट्‍न सके लुट, नेपालमै हो छुट' बोलको गीतमा अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएपछि अहिले गीतको पक्ष र विपक्षमा बहस भइरहेको छ। 

दुई तिहाइको सरकारको एक वर्ष पुगेको अघिल्लो दिन २ फागुन बिहीबार बेलुका आफ्नै युट्‍युब च्‍यानलमार्फत उक्त गीत सार्वजनिक गरेका पशुपतिले पूर्व एमालेको भातृ संगठन युवा संघको दबाबपछि शनिबार बेलुका हटाएका थिए। 

पछिल्लो समय देशमा भ्रष्टाचार व्याप्त रहेको, वाइड बडीमा घोटाला गरेको, ३३ किलो सुन प्रकरणलगातलाई व्यंग्‍य गर्दै गायको गीतमा अघोषित रुपमा प्रतिबन्द लगाइएको हो। त्यसपछि पशुपतिका समर्थकहरुले सामाजिक सञ्‍जालमा सरकारको व्यापक विरोध गरिरहेका छन्। 

शनिबार मात्रै उनका समर्थकहरुले माइतीघरमा उक्त गीत बजाएर प्रदर्शन गरेका थिए। आइतबार संसदमा समेत उक्त विषयले प्रवेश पाएको छ। यस गीतको विषयले मुलुकभित्र मात्र नभएर मुलुक बाहिर पनि चर्चा बटुलीरहेको छ। 

दुई तिहाइको बलियो सरकारले एउटा गीतमाथि प्रतिबन्ध लगाएर लोकतन्त्रमा वाक स्‍वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै उक्त विषयले बढी चर्चा पाएको हो। पशुपतिको  लुट्‍न सके लुट् गीतमाथि लागेको प्रतिबन्धका विषयमा अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले समेत प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन्। 

अलजजिराले धम्कीपछि 'नेपाली गायकले युट्युबबाट हटाए भ्रष्टाचारको गीत' शीर्षकमा समाचार प्रकाशित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्