मंगलबार, मंसिर २, २०८२

नेपालयले फेरि सुरु गर्ने भयो पलेँटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुवरी महिनादेखि सुरु हुने भएको छ। लामो अन्तरालपछि सुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी  नेपालयले गराएको छ।

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश  सर्जकहरू प्रस्तुत भइसकेका छन्। पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ।

अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म चल्ने छ। त्यसपछि दर्शकको प्रतिक्रियाको आधारमा चलाइने आयोजकले जानकारी दिएको छ। 

‘लामो समयपछि पलेँटी थालिँदै छ। जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी सुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन्’, पलेँटीका  संयोजक आभासले भने, ‘यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने थलोको रुपमा पनि स्थापित हुँदै गयो। अहिले पनि हामी त्यही थलोका रुपमा स्थापित गर्न चाहन्छौं।’
 
आउँदो शुक्रबार सुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ। यसपालीको कार्यक्रममा चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झँनेछिन्। 
 
‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालय पनि हो’, मीनाले भनिन्, ‘यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु।‘  
 
यही फेब्रुवरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्