मंगलबार, मंसिर २, २०८२

प्रमोदको नेतालाई सुझाव : कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुहोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – गायक पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतका विषयमा संसद्मा नेताहरुबीच दोहोरी चलेपछि गायक प्रमोद खरेलले आपत्ति जनाएका छन्। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिँदै २५ हजार दिने घोषणा गरेका थिए।

त्यसलगत्तै नेकपाका सांसद झपटबहादुर रावलले शर्मा र सिंह दुवैको आलोचना गरेका थिए। यसरी सांसदहरुले एउटा गायकको गीतप्रति अपमान गर्दै दोहोरी खेलेको भन्दै गायक खरेलले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै खरेलले लेखेका छन्, ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा एक महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्, ता कि फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस्।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्