आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आवको दुई महिनामा जीवन बीमाको प्रथम बीमाशुल्क २२ प्रतिशतले बढ्यो

चालू आवको दुई महिनामा जीवन बीमाको प्रथम बीमाशुल्क २२ प्रतिशतले बढ्यो

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले झण्डै आठ अर्ब रुपैयाँ प्रथम बीमाशूल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १४ जीवन बीमा कम्पनीहरुले सात अर्ब ९६ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन्।

कम्पनीले आर्जन गरेको प्रथम बीमाशुल्क गत आर्थिक वर्ष २०८२/०८३ को सोहि अवधिको तुलनामा २१.८२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको साउन र भदौमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँ आर्जन गरेको थियो। 

चालु आर्थिक वर्षको दुई महिनामा सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गर्ने नेपाल लाइफ इन्स्योरेन्स अघि रहेको छ। कम्पनीले साउन र भदौ महिनामा २ अर्ब ९ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले बढी हो।धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। 

कम्पनीको प्रथम बीमाशुल्क गत वर्षको तुलनामा २३.४० प्रतिशतले बढेको हो।सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ४२.७२ प्रतिशतले बढेर ५९ करोड २८ लाख रुपैयाँ पुगेको छ भने सिटिजन लाइफको १९ प्रतिशतले बढेर ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। एलआईसी नेपालको प्रथम बीमाशुल्क ६.२२ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क २१ प्रतिशतले बढेर ४५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। आइएमई लाइफको प्रथम बीमाशुल्क भने ५३.२६ प्रतिशतले बढेर ४४ करोड ६ लाख रुपैयाँ पुगेको छ।समीक्षा अवधिमा रिलायबल नेपालको प्रथम बीमाशुल्क ३७.१४ प्रतिशतले बढेर ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

एशियन लाइफ इन्स्योरेन्सका ४५ प्रतिशतले बढेर ३९ करोड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७३ प्रतिशतले बढेर ३४ करोड रुपैयाँ पुगेको छ।प्रथम बीमाशुल्क सर्वाधिक वृद्धि गर्नेमा सन नेपाल लाइफ अगाडी रहेको छ। कम्पनीको प्रथम बीमा शुल्क ९२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको हो।

प्रकाशित: Oct 11, 2026| 16:08 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्