मंगलबार, मंसिर २, २०८२

पशुपतिलाई धम्कि दिएर गीत हटाउन लगाइयो : तरुणदल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – नेपाल तरुणदलले पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत युट्युबबाट हटाउन सरकारले कार्यकर्ता प्रयोग गरेको आरोप लगाएको छ। 

तरुणदलका महासचिव भूपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना कार्यकर्ता प्रयोग गरि पशुपति शर्मालाई युट्युबबाट गीत हटाउन दवाव दिएको आरोप लगाएका छन्। ‘सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो बिचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारको समेत हनन् भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ।’

सरकारको आदेशमा नेकपा कार्यकर्ताले मण्डले प्रवृति देखाएको समेत विज्ञप्तिमा आरोप छ। जनताको मन छुने गीत गाएको भन्दै तरुणदलले शर्माको गीतको कदर पनि गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्