सोमबार, कात्तिक २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन: आज बन्दसत्र सकिंदै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने

कांग्रेस महाधिवेशन: आज बन्दसत्र सकिंदै, उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित गर्दैछन्।

Machhapuchchhre

आजको बन्द सत्र बिहान १०: ३० बजे पुनः छलफल सञ्चालन गर्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। आजको बन्द सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ। 

यसअघि मंगलबार काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि उम्मेदारको मनोनयन दर्ता भएको छ। त्यस्तै केन्द्रीय निर्वाचन समितिले मतदाता नामावलीको अन्तिम सूची समेत सार्बजनिक गरेको छ। जस अनुसार कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २५५ जना अन्तिम मतदाता कायम भएका छन्।

निर्वाचन समितिका अनुसार आज बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ भने विहिबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ। काँग्रेसको मतदान खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा हुने गरी तयारी गरिएको छ।

प्रकाशित: Oct 06, 2026| 21:18 मंगलबार, असोज २०, २०८३