मंगलबार, असोज २०, २०८३

कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विहिबार हुने निर्वाचनका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि गगन थापाले र त्यसपछि किशोरसिंह राठौर पनि सभापति पदका लागि मनोनयन दर्ता गरेका थिए।

त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा भने पुष्पा भुसालको मात्र उम्मेदवारी परेपछि दुवै निर्बिरोध निर्वाचित भएका छन्।

प्रकाशित: Oct 06, 2026| 22:13 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्