मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेस्ट बैंक र भारतको मेदान्त अस्पतालबीच बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने सम्झौता

एभरेस्ट बैंक र भारतको मेदान्त अस्पतालबीच बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने सम्झौता

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ।

यस सम्झौताअनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडाका विभिन्न शहरहरूमा रहेका मेदान्त अस्पतालका १३ वटा शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यो १५ प्रतिशत छुट अस्पतालको ओपीडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आईपीडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ। अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: Oct 06, 2026| 11:47 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्