काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४४१५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४४३० मा कारोबार भएको थियो।