मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई जनाले नयाँ टाटा पञ्च ईभी जित्ने अवसर

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई जनाले नयाँ टाटा पञ्च ईभी जित्ने अवसर

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- देशकै ठूलो सुपरमार्केट भाटभटेनी र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्। यस योजनाअनुसार भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पञ्च ईभी (Tata Punch.ev) जित्ने अवसर पाउनेछन्।

देशभरका कुनै पनि भाटभटेनी स्टोरबाट एकपटकमा २५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदको बिलका आधारमा ग्राहकको नाम दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेतालाई टाटा पञ्च ईभी उपहार प्रदान गरिनेछ। त्यसैगरी, भाटभटेनीमा सामान खरिद गरी 'नेपाल पे' (NepalPay) मार्फत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्ने ग्राहकहरूमध्येबाट अर्को एक जना भाग्यशाली विजेताले पनि नयाँ टाटा पञ्च ईभी कार जित्न सक्नेछन्।

उपहारमा दिइने नयाँ टाटा पञ्च ईभी आधुनिक प्रविधि, सुरक्षा र आरामलाई ध्यानमा राखेर तयार पारिएको ईभी एसयूभी हो। अत्याधुनिक 'एक्टिभ ईभी' (acti.ev) प्लेटफर्ममा आधारित यस गाडीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्। BNCAP बाट ५-स्टार सुरक्षा रेटिङ पाएको यस गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १९० एमएमको उच्च ग्राउन्ड क्लेरन्स, १.५C डीसी फास्ट चार्जिङ, भोइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।

नेपालभर रहेका टाटाका २० वटा सोरुमसँगै अब देशभरका २८ वटै भाटभटेनी आउटलेटहरूबाट पनि टाटा कारबारे जानकारी लिन सकिने र चाडपर्वको समयमा भाटभटेनीमा सपिङ गर्ने टाटा कारका ग्राहकहरूलाई थप सरप्राइजहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: Oct 06, 2026| 11:45 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्