शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मधेसका मुद्दा कति समाधान भए भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ : कुलमान घिसिङ

मधेसका मुद्दा कति समाधान भए भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ : कुलमान घिसिङ

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूलाई विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न आग्रह गरेका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै घिसिङले २०६२/६३ पछिको करिब दुई दशकमा मधेसका राजनीतिक शक्तिहरूले उठाएका मुद्दा सही भए पनि तिनको कार्यान्वयन र सर्वसाधारणको जीवनमा परेको प्रभावबारे आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए।

‘हामीले मुद्दाहरू उठायौँ, ती मुद्दालाई जनतामाझ पुर्‍यायौँ। तर ती मुद्दा समाधान भए कि भएनन् र कार्यान्वयनको अवस्था के छ भन्नेबारे अब गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने।

मधेसवादी दलहरू क्षेत्रीय शक्तिका रूपमा सीमित भएको उल्लेख गर्दै घिसिङले राष्ट्रिय दलका रूपमा स्थापित हुन नसक्नुका कारण खोज्नुपर्ने बताए। आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायका लागि हिमाल, पहाड र तराईका मुद्दालाई एकीकृत रूपमा उठाउने सशक्त राष्ट्रिय राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो।

घिसिङले राजनीतिक पद प्राप्ति र जनताको जीवनस्तर सुधारबीचको अन्तरबारे पनि प्रश्न उठाए। मधेसले देशको सर्वोच्च पदहरू प्राप्त गरिसकेको स्मरण गराउँदै उनले भने, ‘मधेसको छोरा राष्ट्रपति र उपराष्ट्रपति भइसकेको अवस्था छ। तर, यसबाट आम जनताको आधारभूत जीवनमा ठोस परिवर्तन आयो कि आएन भन्ने विषयमा गम्भीर मन्थन आवश्यक छ।’

प्रकाशित: Oct 03, 2026| 16:33 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्