शनिबार, असोज १७, २०८३

कांग्रेस महामन्त्रीमा लड्ने सुनिलकुमार शर्माको घोषणा

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

शर्माले राज्यलाई जनतासँग र जनताको आवाजलाई पार्टीको नीति तथा निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित महामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।

उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको विश्वास, सहभागिता र सहयात्राका लागि आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा सबैभन्दा धेरै प्रतिस्पर्धा महामन्त्री पदमै हुने देखिएको छ। प्रारम्भिक चरण भएकाले दाबेदारको संख्या घटबढ हुन सक्ने भए पनि दुई महामन्त्री पदका लागि करिब एक दर्जन नेताले आकांक्षा राखेका छन्।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः यही पदमा दोहोरिन चाहिरहेका छन्। त्यस्तै प्रवक्ता देवराज चालिसे, उदयशमशेर राणा, प्रकाश रसाइली ‘स्नेही’, डा. डिला संग्रौला, जीवन परियार, नैनसिंह महर, रामहरि खतिवडा, आङ्गेलु शेर्पा, अमरसिंह पुन र मधु आचार्य पनि महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन्।

यीमध्ये केही नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले आन्तरिक रूपमा तयारी अघि बढाइरहेका छन्।

प्रकाशित: Oct 03, 2026| 15:39 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्