शनिबार, असोज १७, २०८३

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ। साथै विभिन्न विभागका प्रमुख र उपप्रमुख मनोनयनसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ। अभियानको सञ्चालन र संगठन विस्तारसँग सम्बन्धित विषयमा बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ। त्यसैगरी मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ।

प्रकाशित: Oct 03, 2026| 08:03 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्