मंगलबार, मंसिर २, २०८२

‘लुट्न सके लुट’लाई फेरि यूट्यूबमा राख्‍न आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विवादका कारण शनिबार युट्युवबाट हटाइएको पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट’ फेरि जस्ताको तस्तै यूट्यूबमा राख्‍न आग्रह गरेको छ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि विज्ञप्ति सार्वजनिक प्रतिष्ठानले पहिलेदेखिनै आफूहरुले संगीत विकास वोर्ड अथवा संगीत सेन्सर बोर्ड गठनका लागि सरकारसँग आग्रह गर्दै आएको भएपनि त्यसको सुनवाई नहुँदा यो परिस्थितिको सिर्जना भएको निस्कर्ष निकालेको छ। यो गीतले सेन्सर पास गरि सर्टि फिकेट पाएको भए अहिले यस्तो विवादको अवस्था सिर्जना नहुँने प्रतिष्ठानको ठहर छ।

प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ। बैठकमा शर्मा समेत उपस्थित थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्