बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि-कोप बैठकमा सहभागी हुँदै, अस्ट्रेलिया पनि जाने

परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि-कोप बैठकमा सहभागी हुँदै, अस्ट्रेलिया पनि जाने

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन्।

मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यसअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ।

प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: Oct 01, 2026| 18:03 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्