मंगलबार, मंसिर २, २०८२

सरकारले खटायो अरिङ्गालको गोलो : पशुपति बने नागरिक हिरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको बिहीबार सार्वजनिक भएको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीतमा प्रतिबन्ध लगाइएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। शर्माले बिहीबार आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा सरकारले प्रतिबन्ध लगाउने तयारी थालेपछि शर्माले शनिबार बेलुका उक्त गीत युट्युबबाट हटाएका थिए।

सरकारी अधिकारीहरूले शर्माको गीतमा प्रयोग भएका राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुरलगायतका शब्दमा आपत्ति जनाएका थिए।

भ्रष्टाचार, कालोबजारीलगायतका विषयमा व्यंग्य प्रहार गरेर गाइएको गीतमा सरकारले आपत्ति जनाएपछि उनले युट्युबबाट गीत हटाउनुपरेको हो। युट्युबबाट हटाएपछि उक्त गीतको चर्चा झन् बढेको छ। यतिबेला सामाजिक सञ्जालमा सरकारको उक्त कदमको कडा आलोचना भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेलले सामाजिक सञ्जाल आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै भनेका छन्, चेतना भयो, सिर्जना मारेर मर्दैन... ‘भ्रष्टहरुलाई कारबाही गर्नुको साटो उल्टै कलाकारमाथि अपमान’।


सामाजिक सञ्जालमै चर्चित हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले पनि कवितात्मक शैलीमा उक्त कदमको विरोध गरेका छन्। उनले लेखेका छन्, ‘लुट्न सके लुट् कान्छा लुट्न सके लुट। लुट्या कुरा था पाउनेलाई भेट्नासाथै कुट्।’

कलियुग लागेपछि उल्टो बग्छ खोलो। पस्पतिमा ओइरिएछ अरिङ्गालको गोलो।’


यस्तै आख्यानकार नयनराज पाण्डेले सामाजिक सञ्जालमै लेखेका छन्, ‘यथार्थ पो लेख्न नपाउने होला। विकृति र विसंगतिको गीत पो गाउन नपाउने होला। चिन्ता किन प्रिय स्रष्टाहरु? भजन गाउन हामीलाई कस्ले रोक्छ? लालीगुराँस, हिमाल र रुन्चे पिरिमको गीत, कविता लेख्न र गाउन हामीलाई कौना माइकालालले रोक्छ? यति भन्दै दुई शब्द यहीँ टुंग्याँउछु। सेन्सरसिप’

यथार्थ पो लेख्न नपाउने होला। विकृति र विसंगतिको गीत पो गाउन नपाउने होला! चिन्ता किन प्रिय स्रष्टाहरू ? भजन गाउन हामीलाई कस्ले रोक्छ? लालिगुराँस, हिमाल र रून्चे पिरिमको गीत,कविता लेख्न/गाउन हामीलाई कौना माइका लालले रोक्छ? यति भन्दै मेरो दुई शब्द यहीँ टुंग्याउँछु। #सेन्सरसिप

— NAYAN RAJ PANDEY (@NayanRajPandey) February 17, 2019
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सुदूरपश्चिम संयोजक सुरत रावत ‘डोटेली कान्छा’ ले पनि फेसबुकमा मेला महोत्सवमा त राजनीति गर्थे–गर्थे। हुँदाहुँदै युट्युबमा नी राजनीति घुस्यो। अब गाएर नि खान दिने भएनन्। धन्य हो प्रभु नेपालमा ! भन्दै चिन्ता व्यक्त गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्