काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित बुधबार बिहान स्वदेश फर्किएका हुन्।
मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए। राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुदै मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए।
उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाएका थिए। साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।