बुधबार, असोज १४, २०८३

संघीय संसद्‍का चार समितिका बैठक बस्दै

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं- आज संघीय संसदका चार समितिका बैठक बस्दैछ। आज प्रतिनिधि सभाका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

आज बिहान साढे ८ बजेदेखि शुरु हुने अर्थसमितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघ-संस्थासँग छलफलको कार्यसूची रहेको छ।

त्यस्तै बिहान साढे ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा कृषि,वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारवाही बारेमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Sep 30, 2026| 06:47 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्