मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्। असोज ८ देखि ११ गतेसम्मको विपद्ले प्रभावित १ हजार १३२ टावरमध्ये १ हजार २ वटा सञ्चालनमा आएका छन् भने १३० वटा अझै बन्द छन्।

मन्त्रालयमा टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, उद्धारकर्मी र सरकारी निकायलाई कठिनाइ हुने भएकाले पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरे। विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक उपाय अपनाएर सेवा चलाउन उनले निर्देशन दिए।

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालका अनुसार विद्युत् र सडक संरचनामा क्षति पुगेकाले केही प्रभावित साइटमा प्राविधिक टोली तथा उपकरण पुर्‍याउन कठिन भएको छ। सडकबाट पुग्न नसकिने ठाउँमा जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको उनले बताए।

सञ्चालनमा आउन बाँकी टावरमध्ये म्याग्दीमा २४, रोल्पा र प्युठानमा १९/१९, मनाङमा १५, बागलुङमा १३, पाल्पामा ११ र गुल्मीमा नौवटा छन्। अन्य प्रभावित जिल्लामा पनि टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको टेलिकमले जनाएको छ।

प्रकाशित: Sep 29, 2026| 18:28 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्