मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आलुका लागि प्रख्यात शैलुङको स्याउले लिन थाल्यो बजार

हेलम्बुको स्याउ भन्ने उखानै छ। मुस्ताङी स्याउ र जुम्ली स्याउ पनि नेपालीले सुनेकै हुन्। आलुको लागि प्रख्यात शैलुङ पनि अब स्याउमा चिनिन थालेको छ।
 |  बुधबार, भदौ २, २०७८
nespernesper

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, भदौ २, २०७८

काठमाडौं– नेपालमा स्याउ कहिलेदेखि थियो भन्ने यकिन छैन। हिमाली क्षेत्रमा जंगली प्रजातिको स्याउ परापूर्वकालदेखि नै थियो।

triton college

यद्यपि विकसित जातको स्याउ भने १९औं शताब्दीको अन्ततिर राणा प्रधानमन्त्रीहरुले जापान र इटालीबाट नेपालमा भित्र्याएको देखिन्छ।

हेलम्बुको स्याउ भन्ने उखानै छ। मुस्ताङी स्याउ र जुम्ली स्याउ पनि नेपालीले सुनेकै हुन्। आलुको लागि प्रख्यात शैलुङ पनि अब स्याउमा चिनिन थालेको छ।

शैलुङका स्थानीय किसानले गत ४ वर्षदेखि स्याउ खेती थालेर राम्रो उत्पादन र आर्जन गर्न थालेपछि यो क्षेत्रमा स्याउको सम्भावना बढेको हो।

पर्यटन व्यवसायमा लागेका दावा साङ्मु शेर्पाले दोरम्बा–शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा कश्मीरी स्याउ फलाएका हुन्। गत ४ वर्षदेखि शैलुङको डडुवास्थित आफ्नो बारीमा ८ सय बोट स्याउ लगाएका शेर्पाले स्याउबाट राम्रो आम्दानी लिन थालेका छन्।

Metro Mart
vianet
भुटान तथा कश्मीरमा स्याउ खेतीमा लागेका आफ्ना दौंतरीहरुसँग कुराकानी हुँदा शैलुङको हावापानी स्याउका लागि मिल्न सक्ने कुरा भएपछि उनीहरुकै सहयोगमा बिरुवा झिकाएको शेर्पाले बताए।
‘झण्डै ८० रोपनी क्षेत्रफलमा स्याउ लगाएको छु,’ शेर्पाले भने, ‘यहाँ लगाइएको स्याउ प्रजातिको बिरुवा दाजुभाइको सहयोगमा भारतको कश्मीरबाट झिकाएको हुँ।’

भुटान तथा कश्मीरमा स्याउ खेतीमा लागेका आफ्ना दौंतरीहरुसँग कुराकानी हुँदा शैलुङको हावापानी स्याउका लागि मिल्न सक्ने कुरा भएपछि उनीहरुकै सहयोगमा बिरुवा झिकाएको शेर्पाले बताए।

स्याउको एउटा बोटले झण्डै ३० वर्षसम्म उत्पदान दिने विज्ञ बताउँछन्। बोट पुरानो हुँदै गएपछि नयाँ बोट लगाउनुपर्छ।

‘मैले स्याउ लगाएको चार वर्ष भयो। उत्पादन दिन थालेको दुई वर्ष भयो,’ शेर्पाले भने, ‘सिजनमा झण्ढै डेढ लाख जतिको स्याउ बेच्छु।’


राम्रा फलफूललाई बजारमा बेचिने र साना तथा नसप्रिएकालाई जुस वा जाम बनाउन प्रयोग गर्ने गरिन्छ। यसलाई ग्रेडिङ भनिन्छ। तर शैलुङको स्याउ भने स्वादिलो भएकाले राम्रै बिकिरहेको र गे्रडिङ गर्नु नपरेको शेर्पा बताउँछन्।

‘साना दाना पनि स्वादिलो र रसिलो भएकाले यहीँ बिकिरहेको छ। विकल्प सोच्नु परेको छैन,’ उनले भने। प्रतिकिलो डेढ सय, दुई सयमा बारीमै स्याउ बिकिरहेको उनले बताए।

उनले दुई खेपमा स्याउको बिरुवा लगाएका हुन्। ‘पहिलो खेपमा पाँच मिटरको दूरीमा र दोस्रो खेपमा तीन मिटरको दूरीमा विरुवा लगाएको थिएँ,’ शेर्पाले भने, ‘हालसम्म बिरुवा र सरसामनको लागि छ लाख खर्च भएको छ।’

शैलुङमा आलु उत्पादन राम्रो हुने भएकाले स्याउ बारीमा पनि आलु लगाउन सकिने उनले बताए। ‘स्याउको बारीमा आलु पनि लगाउने गरेको छु,’ उनले भने।

नेपालको हिमाली क्षेत्रमा इडिमयल र सुर्खिलो जातको जंगली स्याउ परापूर्वकालदेखि नै पाइएता पनि विकसित जातको स्याउ भने १९औं शताब्दीको अन्ततिर राणा प्रधानमन्त्रीहरुले जापान र इटालीबाट नेपालमा भित्र्याएका हुन्। 

स्याउको उत्पादन गर्न सकिए बजारको अभाव नभएको उनी बताउँछन्। पोहोर साल झण्डै चार सय केजी उत्पादनबाट डेढ लाख जतिको कमाइ भएको थियो,’ शेर्पाले भने, ‘यसपालि पनि राम्रै आम्दानी हुने देखिएको छ।’

‘अरु बेला खासै केही गर्नुपर्दैन। टिप्ने बेलामा मात्रै खटिनुपर्छ,’ उनले भने, ‘घरकै सदस्य मात्र लागिरहेका छौं।’

नेपालमा स्याउ

स्याउको उत्पत्ति मध्य–एसियाको पहाडी क्षेत्र र हिमाल पर्वतदेखि पश्चिम चीनमा भएको मानिन्छ। अहिले खेती गरिएका स्याउका प्राचीन पुस्ता म्यालस सिभेर्सी काजाकास्तानको टियान शानको पहाडी भागमा पाइएका जंगली प्रजातिको विकसित रुप हो।

नेपालको हिमाली क्षेत्रमा इडिमयल र सुर्खिलो जातको जंगली स्याउ परापूर्वकालदेखि नै पाइएता पनि विकसित जातको स्याउ भने १९औं शताब्दीको अन्ततिर राणा प्रधानमन्त्रीहरुले जापान र इटालीबाट नेपालमा भित्र्याएका हुन्। राणकालमा सिंहदरबार परिसरभित्र पुतली बगैंचा, बालाजु, छाउनी र गोदावरी परिसरहरुमा स्याउका बिरुवाहरु लगाइएको थियो।


‘स्याउ खेतीको लागि हिउँ पर्ने उच्च पहाडी वातावरणको आवश्यकता पर्ने हुनाले स्याउ खेती सुरु गर्न उपयुक्त स्थानको खोजी भयो,’ बागवानीविद् ८४ वर्षीय शिवबहादुर नेपाली सम्झन्छन्, ‘यसै क्रममा काठमाडौं उपत्यकाको नजिकमा पर्ने सबैभन्दा चिसो ठाउँ ककनीमा स्याउ खेतीको परीक्षण गर्न उपयुक्त मानियो। २०१८ सालदेखि बागवानी फार्म ककनीमा स्याउ खेती सुरु गरियो।’

समुद्री सतहबाट हाराहारी २ हजार मिटरमा रहेका ककनीमा हिउँदमा कहिलेकाँही हिउँ पर्ने, हावाहुरी र असिनाले स्याउका दाना झार्ने, वर्षा र घाम धेरै लाग्ने तथा प्रायः कुहिरो लाग्ने हुँदा ढुसीको कारण त्यहाँ स्याउ फस्टाउन नसकेको उनले बताए।

‘त्यसपछि २४ यस मिटरको दामन, २७ सय मिटरको हेलम्बु, र २ हजार मिटरको सतबाँझमा स्याउ खेतीको परीक्षण गरिए पनि ककनीकै जस्तो समस्या देखियो,’ नेपाली भन्छन्।

हाल कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा तथा गण्डकी प्रदेशका मुस्ताङ र मनाङमा व्यावसायिक स्याउ खेती भइरहेको छ।

उनका अनुसार हिमालको दक्षिणी भागमा स्याउ खेती नहुने भएकाले हिमाल पारीको मुस्ताङ, जुम्ला, हुम्ला र डोल्पाका बागवानी केन्द्रहरूमा स्याउ खेतीको अध्ययन अनुसन्धान केन्द्रित गरियो। उक्त क्षेत्रमा हिउँदमा हिउँ पर्ने हुँदा स्याउलाई चाहिने चिस्यान पुग्ने र बाँकी समयमा सुक्खा हावापानी हुने तथा दिनमा प्रशस्त घाम लाग्ने र रातमा चिसो हुने हुँदा स्याउ फलमा रातो रंग चड्ने र रसिलो फल हुने भएकोल स्याउ खेतीको लागि अनुकूल हावापानी रहेको पाइएको थियो।

ती बागवानी केन्द्रमा स्याउ खेती सफल भएपछि नेपाल स्याउ खेती विस्तार भएको हो। हाल कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा तथा गण्डकी प्रदेशका मुस्ताङ र मनाङमा व्यावसायिक स्याउ खेती भइरहेको छ।

‘नेपालमा स्याउ खेतीको विकास, विस्तार र प्रवद्र्धनका लागि शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गको अग्रणी भूमिका रहेको छ,’ स्याउविज्ञ डा. बालकृष्ण अधिकारी बताउँछन्, ‘२०२३ सालमा अर्चाड कम नर्सरीको नाममा स्थापना भएको सो केन्द्रले सुरुदेखि नै स्याउलगायतका विभिन्न शितोष्ण फलपूmलका बिरुवा उत्पादन तथा प्रविधि विकास तथा विस्तार गर्दै आइरहेको छ।’

यसैगरी समशीतोष्ण बागवानी केन्द्र, कीर्तिपुरले सीमित मात्रामा भए पनि स्याउका बिरुवा उत्पादन तथा बिक्री वितरण र प्राविधिक सेवा प्रदान गर्ने गरेको अधिकारी बताउँछन्।

प्रकाशित: Aug 18, 2021| 06:34 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्