मंगलबार, मंसिर २, २०८२

स्मृतिले पाइन उत्कृष्ट गायिकाको अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड गायिका स्मृति गौतमले प्राप्त गरेकी छिन्। चर्चित लोकदोहोरी गायीका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन्। 

टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको गायिका स्मृति गौतमको ‘घर त ठिमी’ बोलको गीतबाट उनले उक्त अवार्ड हात पारेकी हुन्। हिमालयन इभेन्टस प्रा लि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो।  

गायीका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’ जस्ता चर्चित गितहरु बजारमा उपलब्ध छन्। सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली लोक दोहोरी तथा काँठ क्षेत्रका गितहरु गाउन प्रख्यात छिन्। 

गायिका गौतमले केही दिनअघि मात्रै नेपालमा ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ हात पारेकी थिइन्। ‘पानबुट्टे चोली’ नामक गीतबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन्। उक्त अवार्ड पूर्व उपराष्ट्रपति  परमानन्द झाले प्रदान गरेका थिए।  

त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सर्जक गायक अमृत खातीले प्राप्त गरेका छन्। विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन्। गायक खातीका ओके छ त, झुम्के बुलाकी (ओके  छ त– २), हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका विभिन्न गितहरु बजारमा छन्। 

कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त अवार्ड कार्यक्रममा रन्जित परियार, सरस्वती लामा, भुमिका गिरि, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकार हरुले अवार्ड हात पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्