बिहीबार, असोज ८, २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

काठमाडौं- आज संघीय संसदमा दुवै सदनको बैठक बस्दैछ। आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले 'नि: शुल्क कानुनी सहायता सम्बन्धि विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 'फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

त्यसैगरी आज राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदैछ।  आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

त्यस्तै, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन' सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Sep 24, 2026| 07:03 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्