बुधबार, असोज ७, २०८३

मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

 |  बुधबार, असोज ७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०८३

जनकपुर। मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ।

श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ। 

श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले पहिलो चरणमा छपाई भईसकेको ३०८१ वटा लाइसेन्स वितरणका लागि सम्बन्धि जिल्लाका यातायात कार्यालयका प्रमुखलाई हस्तान्तरण गरेकी छन्। 

पहिलो चरण अन्तर्गत राजविराजको ५२ थान , सिरहाको ४६० थान , महोत्तरीको ३०३ थान , धनुषाको ९३२ थान , सर्लाहीको ३२ थान , रौतहटको ११९ थान, बाराको ११ थान र पर्साको ११७२ थान लाइसेन्स सम्बन्धीत कार्यालयका प्रमुखलाई हस्तान्तरण गरिएको छ।

सातै प्रदेशमध्ये पहिलो पटक मधेश प्रदेशले नै स्मार्ट कार्ड छापेर वितरण गरेकोमा मन्त्री थापाले खुसी व्यक्त गरिन्। 

उनले परीक्षा पास गरेको केही दिनभित्रैमा कार्यालयले स्थानीय तहलाई सो स्मार्ट कार्ड पठाउने र सेवाग्राहीले आफ्नै पालिकाबाट कार्ड लिन पाउने व्यवस्था गरिएको जानकारी दिइन्।

मन्त्री थापाले जनताको सुविधालाई मध्येनजर गर्दै प्रदेश सरकारले लाइसेन्स वितरणमा सहजिकरण गर्ने सुरुवात गरेको बताइन्। उनले अब घण्टौ लाईनमा बसेर वर्षौंसम्म लाइसेन्स कुर्नु पर्ने बाध्यता हटेको दाबी गरिन्।

प्रकाशित: Sep 23, 2026| 17:36 बुधबार, असोज ७, २०८३
प्रतिक्रिया दिनुहोस्